बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर
तीनवटा ल्याबमा नौ सय २७ जनाको परीक्षण गर्दा सातसय जनामा संक्रमण पुष्टि
नेपालमा नयाँ भेरियन्टको कोरोना संक्रमणको लहर चलेको भारतसंग सीमा जोडिएको बाँके जिल्लाको हालत अत्यन्त नाजुक बनेको छ । त्यहाँ संक्रमण रोकथाम र उपचार पद्धति असफल जस्तै देखिएको छ ।

बाँकेमा रहेका अस्पतालहरुका बेडहरु भरिएर संक्रमितको उपचार भुइमा राखेर गर्नु परिरहेको छ भने त्यहाँ संक्रमणदर ९५ प्रतिशतभन्दा बढी छ । पछिल्लो २४ घण्टामा ९ सय २७ जनाको पिसीआर परीक्षण गर्दा ७ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा सो मात्रामासंक्रमण पुष्टि भएको बाँकेका कोरोना फेकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । संक्रमितमध्ये ३०१ जना महिला र ३९९ जना पुरुष छन् ।
वलीका अनुसार भेरी अस्पतालको ल्याबमा ५ सय ३५ जनाको नमुना परीक्षण ४ सय २७, मेडिकल कलेज कोहलपुरको ल्याबमा १ सय ९ जनाको नमुना परीक्षण गर्दा ८६ जना र बागेश्वरी ल्याबमा २ सय ८३ जनाको नमुना परीक्षण गर्दा १ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
बाँकेका मात्रै संक्रमित संख्या ५ सष्जना रहेको छ । जसमध्ये २ सय २३ जना महिला र २ सय ७७ जना पुरुष छन् । त्यस्तै बाहिरी जिल्लाका ७८ जना महिला र १ सय २२ जना पुरुष गरी कुल २ सयजनामा संक्रमण पुष्टि भएको ओलीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्