जन सरोकार

एक वर्षमा छ वटा पाटेबाघ मरे

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या छ पुगेको हो ।

बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान हुन सकेको छैन ।

मृत भेटिएका बाघमध्ये दुई वटा जुधेर मरेका हुन् । तीन वटा उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको उहाँले जानकारी दिनुभयो ।

अघिल्लो गणनाअनुसार यस निकुञ्जमा १२८ वटा बाघ रहेका थिए । यस वर्ष गरिएको गणनाको नतिजा सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.