जन सरोकार

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको डरलाग्दो तथ्य

देशभरको कूल संक्रमित र मृत्युको ४० प्रतिशत संघीय राजधानीमा

बिहिबार दिउँसोसमम नेपालमा कोरोना संक्रमितको कूल संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । यो संख्यामा काठमाडौं उपत्यकाको मात्रै ४० प्रतिशतभन्दा बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार उपत्यकाका तीन जिल्लामा मात्र एक लाख ७१ हजार ९ सय ९१ संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित र मृत्यु काठमाडौंमा छ । काठमाडौंमा कुल संक्रमित १ लाख ३६ हजार ४ सय ६७ मा १ लाख ११ हजार १ सय २६ निको भएका छन् भने अहिले २४ हजार ५ सय ३३ सक्रिय संक्रमित छन् । त्यस्तै बिहिबार साँझसम्म काठमाडौंमा ८ सय ८ जनाको मृत्यु भैसकेको छ ।

उपत्यकाको अर्को जिल्ला भक्तपुरमा तुलनात्मक रुपमा संक्रमण कम छ । त्यहाँ १२ हजार ८ सय ७१ कुल संक्रमितमा ९ हजार ७ सय ६० निका भएका छन् भने २ हजार ९ सय ४५ सक्रिय संक्रमित रहेका छन् । भक्तपुरमा अहिलेसमम १ सय ६६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ललितपुरमा २२ हजार ६ सय ५३ जना संक्रमित भएकामा १७ हजार ४ सय ४९ जना निको भएका छन् भने ४ हजार ९ सय ७४ जना सक्रिय संक्रमित छन् । ललितपुरमा २ सय ३० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण व्यापक रुपमा फैलिएको काठमाडौं उत्यकामा अहिले परिवार परिवार नै संक्रमित भएको अवस्था छ । अस्पतालहरुमा बेड अभाव, अक्सिजन अभाव अनि निजी अस्पतालहरुको मनोमानी शुल्क निर्धारणले सामान्य आर्थिक अवस्थामा रहेका संक्रमितहरु उपचारबाट समेत वञ्चित भएर मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यस्तो अवस्था आउन नदिन हामी सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुको विकल्प छैन । कोरोना संक्रमण नियन्त्रण संक्रमितको उपचारले हैन संक्रमण फैलन नदिने उपायले मात्र हुने भएकाल सचेत हुनुको विकल्प छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.