क्रिकेटखेल

त्रिकोणात्मक एकदिवसीय खेलमा नेपाल ‘ए’ को विजयी सुरुवात, स्कटल्याण्ड ४५ रनले पराजित

बिहीबारदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डको राष्ट्रिय टोलीलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७७ रनको योगफल बनाएको हो । नेपाल ‘ए’ का लागि देव खनालले ६५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय पारी खेले भने ओपनर मयन यादवले ४५ रन बनाए ।

त्यस्तै सन्दीप जोराले ३४ रन जोड्दा पवन सरार्फले ३१ र दीपक डुम्रेले अविजित २३ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डली करी र सफियान सरिफले समान दुई-दुई विकेट लिए भने ओलिभर डेभिडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटको भागमा समान एक-एक विकेट रह्यो । नेपालले दिएको २ सय ७८ रनको लक्ष्य लिएर मैदान उत्रेको स्कटल्याण्ड ४८ दशमलव २ ओभरमा २ सय ३२ रनमा समेटियो ।

स्कटल्याण्डको लागि फिनले म्याक्रेथले ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै ज्याक जार्भिसले ४५ रन जोड्दा मार्क वाटले ३७, म्याथ्यु क्रसले ३३, ब्रान्डन म्याकमुलनले २१, ओलिभर डेभिडसनले १७ र ज्यास्पर डेभिडसन १४ रनमा अविजित रहे । नेपाल ‘ए’ को लागि राशिद खानले तीन विकेट लिए भने युवराज खत्री, शाहब आलम र बसिर अहमदले समान दुई-दुई विकेट लिँदा कुशल मल्लको भागमा एक विकेट रह्यो ।

बिहीबारदेखि सुरु भएको शृङ्खला यही वैशाख २८ गतेसम्म चल्नेछ । त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन् ।

आज पहिलो खेल खेलेको नेपाल ‘ए’ले वैशाख २५ गते दोस्रो खेल अमेरिकासँग, वैशाख २६ गते तेस्रो खेल स्कटल्याण्डसँग र चौथो खेल वैशाख २८ गते अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.