अर्थ

स्वीटजरल्याण्डबाट आइपुग्यो ३० हजार थान पीसीआर टेष्ट किट- ५० लाख स्वीस फ्र्याङ्क सहयोग

नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वीटजरल्याण्ड सरकारले ३० हजार थान पीसीआर टेस्ट किट सहयाग गरेको छ । यसैगरी स्वीजरल्याण्डले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले ती सामग्री हस्तान्तरण गर्नुभयो ।

पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो ।

टेस्ट किट हस्तान्तरण गर्दै नेपालका लागि राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताउनुभयो । स्वीजरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.