जल/वातावरण

नेपालमा केरोना संक्रमितको संख्या एक सय एक पुग्यो, कपिलवस्तुमा भेटिए दुईजना

नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएपछि संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

यसैबीच विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन रिपोर्टमा कोरोना संक्रमण नदेखिएको हो ।

भुल्केमा १६ जमातीसहित २८ जनालाई कोरोना देखिएको थियो । ती मध्ये ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए । एक महिलासहित आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा। संगीता मिश्राले बताउनुभयो ।

कोभिड उपचार केन्द्रमा ३१ जना भर्ना भएका थिए । शुक्रबार आठजनाको डिस्चार्ज भएपछि १७ जना उपचारमा रहनेछन् । संक्रमित सबैको अवस्था सामान्य छ । कोरोना अस्पतालमा उदयपुर बाहेक भोजपुरका १ जना र झापाका २ जना उपचाररत छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.