राजनीति

मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचार भेट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार भएको सो भेटमा महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, लैङ्गिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीका स्वकिय सचिव टेकेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

मन्त्री वादीसँग बुधवार मात्रै नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.