राजनीति

ठाकुर-राजेन्द्र समूहले प्रधानमन्त्रीको विपक्षमा पनि मत नदिने

एमालेका १२१ सांसद, विश्वासको मत पाउन १३६ मत चाहिने

वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो समूहले प्रधानमन्त्रीको विपक्षमा मत नदिने भएको छ । उता जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ ।

आइतबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर तथा राजेन्द्र महतोबीचको छलफलमा प्रधानमन्त्री ओलीको पक्ष वा विपक्ष दुबैमा मत नदिएर तटस्थ बस्ने बताएका हुन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका ठाकुर र महतोसंग प्रधानमन्त्री ओलीले विश्वासको मत मागेपछि आफ्ना मागहरु पूरा नभएकाले विश्वासको मत दिन नसक्ने जानकारी गराउनुभएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले अदालतबाट अनुमति लिनुपर्ने भएकाले समय लागेको बताउनुभएको थियो । प्रत्युत्तरमा नेताद्वय ठाकुर र महतोले भने केही माग पूरा भएकाले प्रधानमन्त्री ओलीको विपक्षमा भने मत नदिने आश्वासन दिनुभएको छ ।

यसबीच प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने लगभग पक्का भएको छ । प्रधानमन्त्री ओलीको दल एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ भने ४९ सांसद भएको माओवादी केन्द्रले हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.