स्वास्थ्य

आइतबार थपिए आठ हजार आठ सय ५० जना कोरोना संक्रमित

नेपालमा आइतबार आठ हजार आठ सय छ० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० मा स.क्रमण पुष्टि भएको हो ।

देशभर कोरोना भाइरसका ८ हजार ८५० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमिथ थप भएका छन् । काठमाडौमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जना गरी उपत्यकामा ४ हजार १९८ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको जनाइएको छ । यसबीचमा विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ।

यसै गरी आइतबारसम्म देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.