राजनीति

सीमा अतिक्रमण बिरुद्ध आवाज उठाउनु पनि गम्भीर अपराध हो ?

भारतले नेपाली भूमि कब्जा गरेर सडक बनाएपछि त्यसको बिरोधमा शनिबार भारतीय दूताबास अगाडि बिरोध प्रदर्शन गर्दा सत्तारुढ दल निकट विद्यार्थीहरु पक्राउ परे । त्यस्तै शंखपार्क नजिकबाट नेपाली सेनाका पूर्व सहायकरथि र सशस्त्र प्रहरीका पूर्व एआईजी पनि पक्राउ परे ।

आइतबार विभिन्न स्थानमा युवा विद्यार्थीहरुले भारतीय ज्यादतिको बिरोध गर्दा प्रहरीले पक्राउ गर्यो । यो घटनाले के देशको सीमा रक्षाको माग गर्दै अतिक्रमणा बिरुद्ध आवाज उठाउनु पनि गम्भीर अपराध हो र पक्राउ गर्नु भन्ने आम जनप्रश्न उठेको छ ।

भारतको अतिक्रमणबिरुद्ध सदनदेखि सडकसम्म चर्को बिरोध भैरहेको छ र माइतीघरदेखि भारतीय दूतावास अगाडि विरोध प्रदर्शनहरु भइरहेका छन् । तर प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

आइतबार माइतीघर मण्डलामा लिपुलेक फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । नाराबाजी गर्दै माइतीघर पुगेका करिब १ दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालको भूमि अतिक्रमण गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेको छ । त्यस्तै लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै बानेश्वर पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । सेभ बोर्डरको नारा लगाउँदै संसद भवन नयाँ बानेश्वरको पानी ट्याङ्की तर्फबाट सीमा मिच्न पाइँदैन भन्दै संसद भवनतर्फ अघि बढेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा रहेको लिपुलेकमा नेपाली भूभाग समेत मिचेर भारतले मानसरोवर जाने बाटो विस्तार गरेको विरोधमा केही दिनदेखि काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ । शनिबार पनि भारतीय दूतावास अघि विरोध प्रदर्शन गर्न पुगेका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.