राजनीति

प्रधानमन्त्रीले सबैसंग मत माग्नु भो म भन्छु- उहाँले बाहेक अरु कसैले मत नदिऔं

आफैंले मारेको संसद ब्यूतिएपछि त्यही संसदसंग विश्वासको मत माग्न लाज लाग्नुपर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कसैले पनि मतदान गर्न नहुने बताउनुभएको छ । सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिन आव्हान गरिएको प्रतिनिधिसभाको विशेष बैठकमा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको बाहेक अरु कसैको मत पनि पक्षमा नपरोस् भन्नुभयो ।

प्रधानमन्त्री केपी ओलीमाथि आरोपैआरोप लगाउनुभएका अध्यक्ष प्रचण्डले विश्वासको मत लिने काम पनि मुलुकलाई पुनः मध्यावधिमा लैजाने षड्यन्त्र त हैन भन्दै आफैंले मारेको संसद ब्यूतिएपछि त्यही संसदसंग विश्वासको मत माग्न लाज लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रम र बजेटका लागि नियमित अधिवेशन बोलाउनुपर्ने बेला विश्वासको मत लिन विशेष अधिवेशन बोलाउनु पनि सन्देहात्मक भएको बताउँदै भन्नुभयो- “आज यदि तपाईले विश्वासको मत प्राप्त हुँदैन । त्यसपछि संविधानको अर्को धारामा जान्छु र सदनलाई फेरि विघटन गर्न र मध्यावधिमा जान आउनु भएको त होइन ?”

यदि विश्वासको मत लिन चाहेको भए सर्वोच्चले एमाले र माओवादी अलग अलग हुने फैसला गरेपछि नै प्रधानमन्त्री संसदमा आउनुपर्ने उनले बताए । संविधानको धारा ७६ (१) बाट (२) को प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओलीले त्यतिबेलै विश्वासको मत लिनुको साटो समर्थन किन फिर्ता नलिएको भनेर प्रश्न गरिरहेको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.