अर्थ
मासको दाल बढी मूल्यमा बेच्ने बिग मार्टलाई तीन लाख जरिवाना
लकडाउनका बेला साना खुद्रा पसलभन्दा ठूला र व्यापारिक मलहरु नै उपभोक्ता ठग्न उद्यत रहेका छन् । केही समयअघि भाटभटेन सुपर मार्केटले तोकिएभन्दाबढी मूल्यमा सामान विक्री गरेको पाइएपछि जरिवना गरिएको थियो भने सोमबार बिगमार्टलाई जरिवाना गराइएको छ ।
समाचार अनुसार बिगमार्टले मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिग मार्टलाई रु तीन लाख जरिवाना गरेको हो ।
बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्