राजनीति

नीति तथा कार्यक्रममा परेका रचनात्मक सुझाव बजेटमा समेटिन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुबाट आएका रचनात्मक सुझावहरुलाई आगामी बजेटमा समेटिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारका नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

सरकार गठनका बेला संविधानको समीक्षा गर्ने प्रतिबद्धता, त्यसका सबल पक्षलाई सुदृढ गर्दै कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्च्याउने प्राथमिकताको स्मरण गर्दै उहाँले संविधान संशोधनको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

दलहरुबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रयास जारी रहने पनि स्पष्ट गर्नुभयो ।

“संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिबद्धता छ । यसविरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको छ ।”

प्रधानमन्त्रीले भन्नुुभयो, “म विश्वास गर्छु । जनताको बलिदान खेर जान नदिने, प्राप्त उपलब्धिको रक्षा एवं प्रवद्र्धन गर्ने प्रस्तुत नीतिमा यस सम्मानित सदन एक हुनेछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.