राजनीति

सीमा अतिक्रमणको विरोध गर्नेहरुको गिरफ्तारी जारी

शनिबारदेखि काठमाडौं लगायत देशका अधिकांश भागमा भभारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध बिरोध प्रदर्शन भैरहेको छ भने प्रदर्शनकारीलाई गिरफतार गर्ने क्रम पनि जारी रहेको छ । मंगलबार पनि विभिन्न राजनीति दल तथा अधिकारीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजले दिउँसो भारतीय दूतावास लैनचौर अघि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनबाट प्रहरीले अधिकारवादी नेताहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढुङ्गेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल केन्द्रीय सदस्य गीता तिमल्सिना, अधिकारकर्मीहरु जगन्नाथ पुडासैनी, चन्द्रमणि बञ्जारा, नानीकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजङ्ग महत, विकास थापा, भगवान पुडासैनी, रामहरि श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरि ढुङ्गाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुन गरी २२ जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको सभापति पुडासैनीले राससलाई जानकारी दिनुभयो । विरोध प्रदर्शनका क्रममा सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । समाजको दाङ शाखाले पनि भारतले गरेको सीमा अतिक्रमणको विरोधमा विरोध प्रदर्शन गरेको छ ।

यसै गरी प्रहरीले माइतीघर मण्डलाबाट विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई पक्राउ गरेको छ । लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरू केही पम्प्लेटसहित जम्मा भएका थिए । तर, नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लब लगेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.