स्वास्थ्य

बुधबार एक सय ६८ को मृत्यु, नौ हजार तीन सय पाँचजनामा संक्रमण

बुधबार पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट १ सय ६८ जनाको मृत्यु भएको छ भने ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको पीसीआर परीक्षणमा ९ हजार २ सय ३८ र ४ सय २४ एन्टिजेन परीक्षणमा . ६७ गरी ९ हजार ३ सय ५ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ९२४ सङ्क्रमित थपिएको बताउनुभएको छ । यस्तै २४ घण्टामा ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् ।

बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । जसमध्ये ७ हजार २९१ जना संस्थागत आइसोलेसनमा र ९४ हजार ३४३ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.