गण्डकीप्रदेश

गण्डकीमा लुम्बिनीकै पुनरावृत्ति : राजीनामा दिएका गुरुङ पुनः मुख्यमन्त्री

गण्डकी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएर शपथग्रहण समेत गर्नुभयो । प्रदेशमा बहुमतको सरकार बन्न नसक्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले उहाँलाई अल्पमतको सरकारको मुख्यममन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले एक महीनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभयो । गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।

बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.