राजनीति

इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वप्रति नेपालको चिन्ता

नेपालले इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै अधिकतम संयमता अपनाउन सम्वद्ध पक्षसँग अनुरोध गरेको छ ।

इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वबाट नेपाललाई चिन्तित बनाएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले थप हताहती र क्षति हुन नदिन दुवै पक्षलाई अधिकतम संयमता अपनाउन अनुरोध गरेको हो ।

समस्याको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न पनि उक्त मन्त्रालयले दुवै पक्षलाई आह्वान गरेको छ । गत सोमबारदेखि जारी द्वन्द्वका कारण ६५ जनाभन्दा बढीको मृत्यु भएको र धेरै भौतिक सम्पत्ति नास भएको सन्दर्भमा नेपालले दुवै पक्षलाई शान्तिपूर्ण माध्यमबाट समस्याको निकास खोज्न आह्वान गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.