राजनीति

‘इद उल फित्र’ ले शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा देओस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इद उल फित्र’ ले शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको पर्व “इद उल फित्र” का अवसरमा उहाँले सम्पूर्ण मुसलमानमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो ।

शुभकामना सन्देशमा सभापति देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका परिस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी जोखिम दृष्टिगत गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह गर्नुभएको छ ।

इद उल फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिनुभएको छ ।

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको जनाउँदै उहाँले लोकतन्त्रको रक्षार्थ मुसलमान समुदाय अझ बढी जिम्मेवार रहने विश्वास व्यक्त गर्नुभएको छ । ‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.