जापान

अर्घाखाँची समाज जापानद्वारा अस्पताललाई अक्सिजन मेसिन हस्तान्तरण

नेपालमा कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजनको चरम अभाव भैरहेका बेला जापानमा बसाबास गर्ने अर्घाखाँची जिल्लाबासीहरुको साझा संस्था अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक अक्सिजन कन्सनट्रेटर मेसीन हस्तान्तरण गरेको छ ।

जिल्लामा अक्सिजनको अभाव बढेसंगै कोरोना संक्रमितको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज होस् भनी मेसिन हस्तान्तरण गरेको हो ।

कोरोना महामारीका कारण अन्तराष्ट्रिय उडान बन्द भएको र जापानबाट मेसिन पठाउन असम्भव भएकाले मेसिन खरीदको अस्पताललाई जिम्मा दिइएको थियो ।

मेसिन खरीदका लागि समाजले मेसिन खरीदका लागी जापानमा आर्थिक सहयोग अभियान संचालन गरेको थियो । समाजका अध्यक्ष बाबुराम पौडेलले अभियानमा सहयोग गर्ने जापानबासी नेपालीहरु र समन्वयका लागी पत्रकार महासंघ अर्घाखाँचीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अभियानबाट संकलित रकम र समाजको आन्तरिक कोषबाट गरी नगद ४ लाख ५० हजार पत्रकार महासंघ अर्घाखाचीका अध्यक्ष असोक खनाल मार्फत अस्पताललाई पठाएको समाजका कोषाध्यक्ष टोप वहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

रकम पठाएको छोटो समयमै ३ वटा मेसिन आएको र विरामीले सेवा लिन सुरु गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा। कपिल गौतमले जानकारी दिनुभयो । देशभर अक्सीजनको अभाव भएकोले ५ वटै मेसिन एकै पटक ल्याउन नसकेकोले २ वटा मेसिन केही दिनमा आउने डा. गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.