जल/वातावरण

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भएको पुष्टि, मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने : अस्पताललाई पूर्ण रुपमा सिल

काभ्रेमा भेटिए कोरोना संक्रमित- संख्या पुग्यो २ सय ७८

काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमण भएकी सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पताललाई पूर्ण रुपमा सिल गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभए पनि उनको मृत्युको कारण भने खुलिनसकेको बताउनुभएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गरिसकेको छैन ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया ती महिलामा कोरोना पोजेटिभ देखिए पनि मृत्यु के कारणले भएको भनेर खुल्न नसकेकेकोर मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने पोस्टमार्टमपछि मात्र खुल्ने त्यसका लागि मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको जानकारी दिनुभयो ।

कोरोना संक्रमितको उपचारका लागि तोकिएको धुलिखेल अस्पतालमा नै उनको शव राखिएको छ । उनी ९ दिने सुत्केरी महिला हुन् । काठमाडौं त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएपछि उनि २५ गते घर फर्किइएकी थिइन् । उनीसँग सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम शुरु भएको छ ।

बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो । अस्पताल ल्याएको केही समयमै उनको मृत्यु भएको हो ।

त्यसपछि चिकित्सकले स्वाब निकालेर परीक्षण गरेका थिए । सोही अस्पतालमा स्वाब परीक्षण समेत हुने गरेको छ । स्वाब निकालेर परीक्षण गर्दा कोरोनो पोजेटिभ देखाएको थियो । त्यसलाई पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । त्यहा पनि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

उनी काठमाडौं टिचिङ अस्पतालमा २३ गते भर्ना भएर २४ गते बच्चा जन्माएर २५ गते घर फर्किएकी थिइन् । मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार उनलाई टिचिङबाटै कोरोना सरेको आशंका गरिएको छ । घर फर्किएदेखी नै ज्वरो आउने र स्वास फेर्न गाह्रो भएपछि बाह्विसे स्वास्थ्यकेन्द्र लगिएको थियो । त्यहा भेन्टिलेटर नभएका कारण धुलिखेल अस्पताल रेफर गरिएको थियो ।

यसैबीच उपत्यकाको छिमेकी जिल्ला काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएकामा एकजना काभ्रेका रहेका हुन् ।

थपिएकामा काभ्रेका २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुष रहेका हुन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ ।

शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि मन्त्रालयले शनिबार नै बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना सं‌क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.