कला/मनोरन्जनकलिउड

वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको निधन

वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि सैनिक अस्पतालमा उपचार गराइरहनुभएका कार्कीको आइतबार बिहान निधन भएको उहाँका छोरा पंकज कार्कीले जानकारी दिनुभएको छ ।

स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिनुभएका ८३ वर्षीय कार्की चलचित्र लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय हुनुहुन्यो ।

‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता फिल्मको निर्देशन गर्नुभएका कार्कीले थुप्रै चलचित्रको स्क्रिप्ट र गीत लेख्नुभएको छ । उहाँले चलचित्र ‘परिर्वतन’ देखि स्क्रिप्ट लेखन सुरु गर्नुभएको थियो । कार्कीको श्रीमती र २ छोरा छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button