जन सरोकार

सिन्धुपाल्चोकका चार गाउँ र स्वास्थ्यचौकी सिल, सेना परिचालन, काठमाडौंबाट स्वास्थ्यकर्मी जाँदै

बिहिबार राति धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट १० दिने सुत्केरी महिलाको निधन भएपछि उनको गाउँ र उनलाई प्राथमिक उपचार गरिएको बाह्रसबीसेको स्वास्थ्य चौकी सिल गरिएको छ । कोरोनाबाट मृत्यु भएपछि जिल्लाको चार वटा गाउँ र बाह्रबीसेको स्वास्थ्य चौकी पनि सिलसिल गर्दै सेना परिचालन गरिएको छ ।

बाह्रबिसे नेगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले लकडाउनमा कडाइ गर्न बाह्रबिसे नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडामा सेना परिचालन गरिएको बाह्रबिसे बजार पनि आइतबार बिहानबाट पूर्णरुपमा बन्द गरिएको छ ।

शनिबार बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि थियो । उनको मृत्युलगत्तै शनिबारदेखि नै जोखिमयुक्त गाउँ र बजार क्षेत्रमा कडाइ गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको टोली पनि सिन्धुपाल्चोक गएर अनुसन्धान गर्दै छ ।

बाह्रबिसेकी ती महिला कोरोनाबाट ज्यान गुमाउने नेपालको पहिलो व्यक्ति हुन् । आइतबार बिहानसम्म नेपालमा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.