विश्व समाचार

कोरोनाको औषधि बनाएको भारतको दावी

यो औषधि राजधानीका विभिन्न अस्पतालहरुमा १० हजार डोज वितरण गरिएको

कोरोना संक्रमणको दोस्रो लहरबाट महामारीको अवस्थामा पुगेको भारतले कोरोनाको औषधि बनाएको दावी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको ‍औषधि तयार भएको र सोमबार सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

अहिले भारत विश्वमै दैनिक सबैभन्दा बढी संक्रमित हुने र मृत्यु हुने देशमा परेको छ । यो औषधि भारतमा कोभिड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो ‍औषधि भनिएको छ । रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २ डीजी नामक औषधि सार्वजनिक गर्नुहुनेछ ।



यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो । यो ‍औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन ।

यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो औषधि राजधानीका विभिन्न अस्पतालहरुमा १० हजार डोज वितरण गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button