जन सरोकार

डिजेलमा मूल्य घटेसंगै सार्वजनिक यातायातको भाडा घट्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो ।

विभागले आज एक सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा भाडा समायोजन गरिएको जनाएको छ । यात्रुवाहक सवारी साधनको भाडा तीन दशमलब २० प्रतिशतले घटाइएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

यसै गरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब ६५ प्रतिशतले भाडा घटेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.