प्रबास

अमेरिकी आइडलमा दिवेश पोखरेल उपविजेता

विश्वभर छरिएर रहेका नेपालीहरु कोरोना भाइरस संक्रमणका कारण त्रासमा रहेका बेला अमेरिकामा रहेका एक नेपाली ठिटो दिवेश पोखरेलले सारा नेपालीलाई खुसी दिएका छन् । त्यहाँको समय अनुसार आइतबार भएको अन्तिम स्पर्धामा पोखरेल उपविजता भएका छन् ।

दर्शकको भोटका आधारमा उपाधी जित्न जित्न चुकेका दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् भने दिवेश उपविजेता बने । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अध्ययनका लागि अमेरिका गएका हुन् । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

उता उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब(वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.