स्वास्थ्य

थपिए आठ हजार दुई सय तीन, एक सय ९६ जनाको मृत्यु

कुल संख्या ४ लाख ७२ हजार ३ सय ५४, ३ लाख ५२ हजार ४ सय १४ जना निको भए

मंगलबार नेपालमा ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १ सय ३६ जना र ६ सय ९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।



गत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६ सय ३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३ सय ६५ र भक्तपुरका २ सय २१ जना छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४ सय १४ जना निको भएका छन् ।

त्यसै गरी हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार सय जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५ सय ९० जनाको आईसीयू र ३ सय ९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २,०४९ जना, मोरङमा ५०७, रूपन्देहीमा ३८०, ललितपुरमा ३६५, काभ्रेपलाञ्‍चोकमा ३१५ र चितवनमा ३०८ जना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरीमा २९८, झापामा २५३, कास्कीमा २२९, भक्तपुरमा २२१ र पाल्पामा २०१ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतमा १९५, दाङमा १९१, धादिङमा १४५, धनुषामा १४०, सप्तरीमा १३३, जाजरकोटमा १२४, नुवाकोट र रामेछापमा १०९/१०९ जना, सिन्धुपाल्चोक र गुल्मीमा १०५/१०५ जना र तनहुँमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै डोटीमा ९५, दोलखामा ९०, सिन्धुलीमा ८४, स्याङ्जामा ८०, कञ्‍चनपुरमा ७४, पर्सामा ७०, लमजुङमा ६३, गोरखामा ६०, दैलेखमा ५९,नवलपरासी पश्‍चिममा ५५, नवलपरासी पूर्वमा ५८ र अछाममा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

रौतहट र बैतडीमा ४९/४९ जना, महोत्तरीमा ४८, धनकुटामा ४५, सल्‍यानमा ४४, पर्वतमा ४३, डडेल्धुरामा ३९, अर्घाखाँचीमा ३७, सिरहामा ३६, बाँकेमा ३४, इलाममा ३३, तेह्रथुममा २६, उदयपुर र बारामा २५/२५ जना, ताप्लेजुङमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै रूकुम पश्‍चिममा १८, रसुवामा १६, जुम्लामा १५, सर्लाही र कपिलवस्तुमा १४/१४ जना, म्याग्दीमा १२, बर्दियामा ११, सोलुखुम्बु र रोल्पामा १०/१० जना, कैलालीमा ९, ओखलढुंगामा ७, मकवानपुरमा ५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

भोजपुर र प्‍युठानमा ४/४ जना, खोटाङ र बागलुङमा २/२ जना तथा पाँचथर र संखुवासभा, मुस्ताङ, कालिकोट, मुगु र हुम्लामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १७१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ५१० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button