राजनीति

भारतले अतिक्रमण गरेको भूमिसहितको नक्सा जारी भएसंगै नेपालको क्षेत्रफल बढ्यो

हामी सबैले पढेका थियौं कि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गाकिलोमिटर छ भनेर तर सोमबार सरकारले भारतले अतिक्रमण गरेको भूमिसहितको नयाँ नक्सा जारी गरेपछि सो क्षेत्रफल बढेको छ ।

अब नेपालको क्षेत्रफ १ लाख ४७ हजार ४ सय ९१ वर्गकिलोमिटर पुगेको छ तर क्षेत्रफलका विषयमा भने सरकारले अहिलेसम्म आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन ।

स्मरणीय के छ भने भारतले विभिन्न स्थानमा गरी झण्डै ६५ हजार हेक्टर जमित कब्जा गरेको छ र सबभन्दा बढी लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र हो । अहिलेको नक्सामा लिम्पियाधुराको ३ सय १० वर्गकिलोमिटर क्षेत्रफल नेपालमा समेटिएपछि अब नेपालको क्षेत्रफल बढेको छ ।

स्मरणीय के छ भने कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमध्ये नेपालको चल्तीको नक्सामा लिम्पियाधुरा क्षेत्र मात्र नरहेकाले ३ सय १० वर्गकिलोमिटर क्षेत्रफल मात्र थपिने हो । सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार अहिले चलनमा रहेको क्षेत्रफलमा लिम्पियाधुरा समावेश नभएकाले अब भने बढ्ने बताउनुभएको हो ।

उहाँका अनुसार लिम्पियाधुराको क्षेत्रफल ३१० वर्ग किलोमिटर रहेको छ । सो भाग जोड्दा नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ४ सय ९१ बर्गकिलोमिटर हुने बताउनु भयो ।

श्रेष्ठले नेपालको क्षेत्रफलको तथ्यांक नै दशकौंदेखि गलत उल्लेख गरिएको बताउँदै अहिलेको क्षेत्रफल भित्र लिम्पियाधुरा क्षेत्र समावेश नभएको जानकारी दिनुभयो । १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भनेर हामीले भनिरहँदा यो क्षेत्रफलभित्र लिम्पियाधुरा पर्दैन । यसमा लिपुलेक र कालापानी समावेश भए पनि लिम्पियाधुरा समावेश छैन ।

सीमाविद् श्रेष्ठका अनुसार नेपालको वास्तविक क्षेत्रफल १ लाख ४७ हजार ४ सय ९१ वर्गकिलोमिटर हो । २०३२ सालदेखी नेपाल आफैले नक्सा बनाउन शुरु गरे पनि बनाउने जिम्मा दिएको संस्थाले अन्यौलताका कारण लिम्पियाधुरालाई छुटाएर नक्सा बनाएकाले सो क्षेत्रफल छुटेको बताउनु भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.