जन सरोकार

कोरोनाका कारण समस्यामा परेका विद्यार्थीलाई दुई लाख येनसम्म दिने निर्णय

विशु भण्डारी- जापान सरकारले कोरोना भाइरस संक्रमणका कारण समस्यामा परेका विदेशी विद्यार्थीहरुलाई आर्थिक राहत दिनेभएको छ । तत्काललाई आर्थिक समस्यामा परेका चार लाख तीस हजार विद्यार्थीहरुलाई लक्षित गरी सहयोग पुर्याउने शिक्षा संस्कृति खेलकुद बिज्ञान तथा प्रबिधी मन्त्रालयले बताएको छ ।

शिक्षा संस्कृति खेलकुद बिज्ञान तथा प्रबिधि मन्त्री हगिउदाले पार्ट टाइम काम गर्ने र आम्दानी घटेका विद्यार्थीहरुलाई एक लाख येन, आवासीय कर छुट र परिवारलाई २ लाख येनसम्म सहयोग गरिने बताउनुभएको छ ।

मंगलबार १९ मेमा दिनुभएको जानकारी अनुसार विश्व्विद्यालय, स्नातकोत्तर, अन्तराष्ट्रिय विद्यार्थी, जुनियर कलेजका विद्यार्थी, जापानी भाषा विद्यार्थी आदी)ले सहयोग पाउने छन । सहयोगका लागि कोरोना भाइरसले गर्दा पार्ट टाईम काम गर्न नपाएर तलब कम भएका विद्यार्थीहरुले आफनो विद्यालयको सपोर्ट सेन्टर मार्फ़त निवेदन दिन सक्ने छन ।

शिक्षा मन्त्रालयको अनुमान अनुसार यस्तो सहयोग ४ लाख ३० हज़ारजनालाई वितरण गर्ने लक्ष्य राखिएको छ । यसका साथ सकेसम्म सहयोग रक़म उपलब्ध गराउनकाा लागि यो वर्षको आकस्मिक बजेटबाट करीब ५३ अर्ब येन प्रयोग गरिने छ ।
ण्
गत अप्रिलबाट सुरु गरिएको अध्ययन सहयोग प्रणाली प्रयोग गर्ने, छुट्टै सहयोग घोषणा गरेका बिद्यालयहरुका लागि पनि सरकारका तर्फबाट सहयोग प्रदान गर्नका लागि छुट्टै बजेट छुट्याउने निर्णय गरेको छ ।

उता विद्यार्थी संगठनले सत्ता पक्ष र बिपक्षलाई सहयोगको मापदण्ड अलि सागुरो भएको र थप सहयोगका लागी अपील गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.