राजनीति

भारतलाई प्रश्न -विदेशमा काम गर्ने तीन करोड बढी भारतीयले दासत्व स्वीकार गरेका हुन् ?

कालापानीमा भारतीय सेनाको शिविर

नेपालले भारतले अतिक्रमण गरेको भूमिसहितको नक्सा जारी गरेपछि भारत सरकारले त्यसलाई अमान्य भन्दै नेपालले भारतको भूमि अतिmक्रमण गरेको आरोप लगायो । भारतले सो भूमिसहितको उस्को नक्सा सार्वजनिक गर्दा नेपालले अमान्य भन्दै नोट पठाएको थियो ।

भारतलाई अनुमान पनि थिएन कि नेपालले अतिक्रमित भूमिको नक्सा जारी गर्छ भनेर, जब जारी भयो भारतीय सरकार र त्यहाँका निजी मिडियाले नेपालीहरुमाथि अपमानजनक शब्ल प्रयोग गर्दै आलोचना गरेका छन् ।

बलिउडमा स्थापित नायिका मनिषा कोइरालालाई भारतले नाम दिएको हुँदा भारतको दासत्व स्वीकार्नुपर्ने भन्दै कोइरालाले नक्सा जारी गरेको कुरालाई समर्थन गरेपछि बिरोध गरे । त्यस्तै भारतमा लाखौं नेपाली काम गरिरहेको भन्दै चेतावनी पनि दिएका छन् ।

तर भारतमा नेपाली जस्तै नेपालमा पनि लाखौं भारतीय छन् । कुनै देशमा गएर काम गर्नु भनेको त्यहाँको दासत्व स्वीकार्नु हो भने भारतका तीन करोडभन्दा बढी मानिस विदेशमा काम गर्छन्, के तिनीहरु सबै आफ्नो राष्ट्रियता त्यागेर दासत्व स्वीकार गरेको भारतीय मिडियाको निष्कर्ष हो ? यदि हैन भने नेपाललाई यसरी अपमान गर्नु कुनै अर्थ छैन ।

एकाएक नेपालम बनेको भारतीय मिडियामा आएका यस्ता अभिव्यक्ति आएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भारत सरकार र मिडियाको तल्लोस्तरको अभिव्यक्तिलाई लिएर बुधबार राति ट्वीटार्फत चेतावनी दिनुभएको छ ।

भारतीय पक्षबाट नेपालको नक्साबारे टिप्पणी भएकै बेला भारतको नाम नलिई उहाँले ट्वीटर मार्फत नेपालीहरु कसैमाथि पनि अपमान भएको र होच्याएको सहन नसक्ने भन्दै लेख्नुभएको छ ‘हामी कसैमाथि असमान र अपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं । नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन, अपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् । नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं ।’

लामो विवादपछि नेपाल सरकारले बुधबार नयाँ नक्सा जारी गरेको छ । तर भारत सरकारले लगत्तै उक्त नक्सा अस्वीकार्य भन्दै कडा टिप्पणी गरेको छ । नेपालको भारतसँग जोडिएको पश्चिम सीमामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर पछिल्लो समय नेपाल र भारतीय सरकारबीच नै मतभेद भइरहँदा उपप्रधानमन्त्री पोखरेलबाट यस्तो टिप्पणी आएको हो ।

भारतीय मिडियाले नेपालले चीनको उक्साहटमा भारतबिरोधी काम गरेको टिप्पणी समेत गरेका छन् । अझ एक भारतीय टेलिभिजनले त प्रधानमन्त्री केपी ओलीले मंगलबार कोरोनाका सम्बन्धमा चीनबाट आएको कोरोना नरम खालको रहेछ भारतबाट आएको कडा पर्यो भन्नुभएको थियो । यो विषयलाई उनीहरुले नेपालले भारतको अपमान गरेको निष्कर्ष निकालेका थिए । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसंगको भिडियो कन्फ्रेन्समा पत्रकारले यही कुरा सोधेका थिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको दवावबाट नेपाल नझुक्ने धारणा राख्दै सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी भारतले ६ दशकदेखि सिमाको कृत्रिम विस्तारगर्दै आएको बताउनुभएको छ ।

बिहीबार बिहान ट्वीटरमार्फत सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै थापाले अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने, बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको भन्दै विरोध जनाउनुभएको छ ।

‘वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबिच अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने, बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो । नेपाल वार्ताबाट समाधान खोज्न तयार छ, तर दवावबाट झुक्दैन ।’

त्यस्तै थापाले अभिनेत्री मनिषा कोइरालाले गरेको एक ट्वीटप्रति भारतीय मिडियाहरु खनिएपछि थापाले त्यहाँका मिडियाले ‘पित पत्रकारिता’गरेको भन्दै विरोध गर्नुभएको छ ।

भारत सरकारको एउटा धारणा, त्यहाँका विज्ञहरुको अर्को धारणा अनि मिडियाको अर्को धारणा रहने गरेको छ । भारतीय मिडियाहरु स्थितिलाई साम्य पार्नेभदा उचाल्ने र पछार्ने काममा बढी सक्रिय रहने गरेकै कारण संसारका लोकतान्त्रिक मुलुकका संचारमाध्यमलाई राज्यको चौथो अंगका रुपमा स्वीकार गरिंदा भारतीय मिडियालाई त्यो दर्जामा राखिंदैन । यसको कारण स्पष्ट छ उनीहरु सूचना प्रवाहभन्दा झूठ र बनावटी कुरा प्रवाह गर्न बढी तल्लिन छन् ।

बुधबार मात्रै भारतीय टेलिभिजन जी न्यूजले नेपालको कपिलवस्तु र जनकपुर भारतले नेपाललाई फिर्ता दिएको बतायो । जब कि भारतमा ब्रिटिस राज भएको बेला बाँके, बर्दिया लगायत पश्चिम नेपालका केही भूभाग फिर्ता भएको थियो । उनीहरु यसरी भ्रम छर्छन् कि कुनै वक्तालाई बोलाए भने उसको बोली टुंगिन नपाउँदै द्वन्द्व सिर्जना गर्ने वातावरण बनाइदिन्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.