क्रिकेटखेल

सन्दीपको दक्षिण अफ्रिका र जिम्वाब्बे भ्रमणको बाटो खुल्ला ?

नेपालले विश्वकप क्रिकेटको क्वालिफायर खेल्न जिम्वाब्बे भ्रमण गर्नुअघि दक्षिण अफिकामा अभ्यास खेल खेल्न जाने टोलीमा महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको उपस्थिति के हुने भन्ने निर्णय अझै भएको छैन ।

बालिका बलात्कारको मुद्दा खेपिरहेका लामिछानेमाथि जाहेरीकर्ताले दिएको अन्तरिम क्षतिपूर्तिको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो भने आज (जेठ ७ गते) काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको छ ।

आज न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ । यो मुद्दा चाँडो किनारा लागे सन्दीप दक्षिण अफ्रिका र जिम्वाब्बे जाने बाटो खुल्नेछ ।

यदि आज सुनवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.