क्रिकेटखेल

आइपिएलमा कोलकाताको प्लेअफ सम्भावना कायमै, मुम्बई चार विकेटले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा कोलकाताले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै कोलकाताको प्लेअफ सम्भावना कायमै रहेको छ ।

कोलकाताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । मुम्बईका लागि केर्बिन बोसले १८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रनमा अविजित रहे भने कप्तान हार्दिक पाण्ड्याले २६ रन बनाए ।

त्यस्तै तिलक बर्माले २० रन जोड्दा विल ज्याक्सले १४ तथा रोहित शर्मा र सुर्यकुमार यादव समान १५-१५ रन बनाए । कोलकाताका लागि सौरभ दुवे, क्यामरन ग्रिन र कार्तिक त्यागीले समान दुई-दुई विकेट लिँदा सुनिल नारेनको भागमा एक विकेट रह्यो । मुम्बईले दिएको १ सय ४८ रनको लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताको लागि मनिष पाण्डेले ३३ बलमा ६ चौकाको सहयोगमा ४५ रन बनाए भने रोभमन पावेल ४० रन जोडे । यस्तै अजिक्या राहाणेले २१ रन जोड्दा तेजस्वि धानियाले ११ रन बनाए । मुम्बईका लागि केर्बिन बोसले तीन विकेट लिए भने दिपक चहर, जसप्रित बुमराह र अल्लाह गजान्फरको भागमा समान एक-एक विकेट रह्यो ।

जितपछि १३ खेलमा समान १३ नै अंक जोड्दै तालिकाको छैटौं स्थानमा रहेको कोलकाताको प्लेअफ सम्भावना कायमै रहेको छ भने प्लेअफ दौडबाट बाहिरिएको मुम्बईको समान खेलमा ८ अंक जोड्दै तालिकाको नौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.