राजनीति

मनिषाको देशभक्तिपूर्ण अभिव्यक्तिको सम्मान : हिन्दी गीत-चलचित्र प्रतिबन्ध गर्ने चेतावनी

अखिल नेपाल जनसांस्कृतिक महांघले बलिउडकी नेपाली अभिनेतृ मनिषा कोइरालाले नेपालले हालसालै कालापानी, लिपुलेक र लिम्पियाधुराको समग्र नेपाली भू–भागलाई समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि सार्वजनिक गरेकी देशभक्तिपूर्ण अभिव्यक्तिको सम्मान गर्न भारतीय संचार माध्यमलाई आग्रह गरेको छ ।

हासंघका महासचिव खेम थपलियाले बिहिबार एक विज्ञप्ति जारी गरी मनिषाको अभिव्यक्तिलाई लिएर भारतका विभिन्न सञ्चार–माध्यमले गरेको प्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल र नेपालीलाई होच्याउने काम गरे नेपालमा हिन्दी गीत र चलचित्र प्रतिबद्ध लगाउने चेतावनी समेत दिइएको छ ।

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरी समेटिएको नक्सा जारी भएपछि मनिषा कोइरालाको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई रि–ट्विट गर्दै शिष्ट भाषामा हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान् देशहरूबिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ भनेकी थिइन् ।

यही कुरालाई भारतीय मिडियाले नेपालविरुद्ध विषवमन गर्दै सामान्य मर्यादाको पनि सीमाबाहिर गएर भारतमा श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् । यतिमात्र हैन अभिनेत्री मनिषाले बलिउडमा काम गरेकाले भारतको दासत्व स्वीकार्नुपर्ने खालको तर्क गरिरहेका छन् । महासंघले भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको हामी सशक्त प्रतिवाद गर्न चाहन्छौँ भनेको छ ।

त्यस्तै महासंघले नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई कृत्रिम विस्तार भन्दै अस्वीकार्य भएको भन्दै विरोध गरेको प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल कसैको इन्च भूमि पनि चाहँदैन र आफ्नो एक इन्च भूमि पनि कसैलाई नछोड्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा चेतावनी दिंनै भनिएको छ- “भारतले नेपाल र नेपाली जनताको भावनामाथि चोट पु¥याउने सम्पूर्ण हर्कत बन्द नगरे हामी नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउन र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन बाध्य हुनेछौँ । नेपाली राष्ट्रियता र नेपाली देशभक्तिपूर्ण भावनाको सम्मान गर्नु भारतको पनि दायित्व हो । नेपालीहरूले आफ्नो भूमिको रक्षार्थ उठाएको राष्ट्रिय स्वाधीनताको झन्डामुनि गोलबन्ध हुन हामी यसै वक्तव्यमार्फत सबैलाई विशेष आह्वान् पनि गर्दछौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.