प्रबास

अस्ट्रेलियामा नेपालीमाथि नयाँ किसिमको ठगीधन्दा, दूताबासमा खबर गर्न आग्रह

कोरोना भाइरस संक्रमणको पीडामा परेका अस्ट्रेलियामा रहेका नेपालीहरु नयाँ ठगीधन्दाको शिकार भैरहेको समाचार छ । पछिलो समय विभिन्न सामाजिक सञ्जालहरुमा नेपालबाट पैसा ल्याउनु छ भनेर विज्ञापन मार्फत त्यहाँ भरखर पुगेका नेपालीहरुलाई ठग्न थालिएको हो ।

समाचार अनुसार नेपालबाट पैसा ल्याउनछ भनेर विज्ञापन गर्ने अनि भरखरै गएका विद्यार्थीहरुले आफ्नो फोन नम्बर पोष्ट गरेपछि विभिन्न नाममा फोन गरेर चेक डिपोजिट गरिदिन्छु भनेर डिपाजित गरेको रसीद समेत पठाएपछि नेपालमा रहेका परिवारबाट पैसा लिने गरेको पाइएको छ ।

यसरी पैसा हात पारेपछि डिपोजिट गरेको चेक रद्द गर्ने गरेको पाइएको छ । किनभने यसरी जम्मा गरेको चेक क्लियर हुन ३ दिन लाग्ने र उनीहरुले रकम हात परेपछि चेक रद्द गर्ने गरेका र यस्तो ठगीमा धेरैजना फसेको थाहा भएको छ ।

यसरी कसैको नाममा त्यस्तो प्रस्तावमा आएका तत्काल क्यानबेरास्थित नेपाली दूताबासको फोन नं. ०२-६२८६-८००६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.