स्वास्थ्य
चीनद्वारा ३० हजार लिटर तरल अक्सिजन हस्तान्तरण
नेपालमा कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि नेपालको उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट ३० हजार लिटर तरल अक्सिजन नेपाललाई हस्तान्तरण गरिएको छ ।

नेपालका लशनिबार तातोपानी सीमामा अक्स्जिन हस्तान्तरण गरिएको हो । नेपालका लागि चिनीया राजदूत होउ यान्छीले ट्वीटरबाट जानकारी दिनुभएको हो ।
कोरोना भाइरस संक्रमण सुरु भएसंगै चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामग्री सहायता उपलब्ध भैरहेको छ । पछिल्लो समय अक्सिजन लगायतका सामग्रीहरु चिनीया सरकारका तर्फबाट सहयोग स्वरुप प्राप्त हुने क्रम जारी छ भने अक्सिजन सिलिण्डर पनि पठाइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्