राजनीति

वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट

फेरि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान व्यवस्था असफल भएकाले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्रै हुने बताउनुभएको छ ।

शनिबार एक विज्ञप्ति जारी गरी विप्लवले “झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताउँदै यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको” ठहर गर्नुभएको छ ।

उहाँले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गर्दै त्यसका लागि राजनीतिक राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ । त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि तयार रहेको स्पष्ट पार्न चाहन्छौं ।’

विप्लव नेतृत्वको नेकपाले वर्तमान राजनीतिक संकटलाई सरकारको मात्र असफलता बताउन नहुने भन्दै फेरि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल भएको समेत बताउनुभएको छ ।

चन्दले विज्ञप्तिमा “जनमतसंग्रहको निकास कुनै पार्टी विशेषको विषय नभएर देश र जनताका लागि दीर्घ शान्ति, सिथरता, स्वाधीनता एवं समृद्धिसंग जोडिएको विषय भएकाले यसका पक्षमा एकताबद्ध भएर उत्रिन प्रगतिशील्, देशभक्त, वामपन्थी, कम्इुष्टि पार्टी, शहीद तथा वेपत्ता, योद्धा परिवार, घाइते योद्धा, मजदूर, किसान, महिला, दलित, जनजाति, युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, वकिल, पत्रकार साथै पार्टीका नेता–कार्यकर्तालाई अपील समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.