कला/मनोरन्जनकलिउड

“प्रेम गीत-३” को रिलिज डेट तोकियो, आश्वीन ७ बाट प्रदर्शनमा आउने

नेपाली चलचित्र पारखीहरुको बहुप्रतिक्षित चलचित्र “प्रेम गीत-३” को सार्वजनिक प्रदर्शनको नयाँ मिति निर्धारण गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसर २०७९ को दशैंको अवसर पारेर आश्वीन ७ गतेदेखि आमदर्शक माझ आउने छ ।

लामो समय लगाएर निकै मेहनत गरी पोष्ट प्रडक्सनको काम नेपाल सहित् मुम्बईका दिग्गज टिमबाट गरिएको “प्रेम गीत ३” हिन्दी भाषामा समेत डब गरेर भारतमा प्रदर्शनको तयारी भैरहेको छ ।

चलचित्रमा शिव श्रेष्ठ, सुनील थापा, प्रदीप खड्का, नवनायिका कष्टिना गुरुङ, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ ।

झण्डै डेढसय वर्षअघिको सत्य घटनामा आधारित रहेको यो चलचित्रका निर्माता सन्तोष सेन रहनुभएको छ भने निर्देशन सन्तोष सेन र छेतेन गुरुङ छ भने कथा पनि छेतेनकै रहेको छ । लेखक तथा निदेशक गुरुङको केही समयअघि निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button