राजनीति

डा. आरजु राणा देउवाद्वारा अक्सिजन कन्सेन्ट्रेटर प्रदान

धनगढी उपमहानगरपालिका कल्याणकारी कोषमा रु १० लाख आर्थिक सहयोग

नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले धनगढीको सेती प्रादेशिक अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान गर्नु भएको छ । नेतृ डा देउवाले सोमबार प्रादेशिक अस्पताललाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराउनु भएको अस्पतालले जनाएको छ ।

सो अक्सिजन कन्सेन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले आजै बुझ्नु भएको हो । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार समेत हुनु भएकी नेतृ देउवाले यसअघि अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रु १० लाख आर्थिक सहयोग गर्नु भएको उमहानगरपालिकाले जनाएको छ ।



यस्तै अक्सिजन प्लान्ट स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा निर्माण व्यवसायी सङ्घ कैलालीले सहयोग गरेको छ । नगरप्रमुख नृपबहादुर वडलाई आज निर्माण व्यवसायी सङ्घ कैलाली परिवारले रु चार लाख २१ हजार सहयोगको चेक हस्तान्तरण गरेको छ । सो कोषमा सङ्गम सहकारी वचत तथा ऋण सहकारी संस्थाले पनि रु ७५ हजार सहयोग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button