जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

दाङ, सुर्खेत, ललितपुर र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ स्थित सडकमा तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा.६ प ६०४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीया रेश्मी खत्रीको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-१२ तिनकुने चोक नजिक सडकमा बसपार्कबाट पिपिरातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय लोक बहादुर शाहीको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार र चालकको प्रहरीले खोजी गरिरहेको छ । यता ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले प्रदेश २-१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा जिझौली घर भई काठमाडौं कोटेश्वर बस्ने ३२ वर्षीय जयनाथ यादवको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै सुनसरी, कोशी गाउँपालिका-८ भाण्टाबारीस्थित सडकमा भण्टाबारीबाट ईनरूवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको एम्बुलेन्सको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने एम्बुलेन्स र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.