जन सरोकार

क्वारेन्टिनमा बसेका आफन्तलाई मदिरा पुर्‍याउँदा

क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पु¥याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ ।

उता मकवानपुरमा एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँ थप उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हेटौँडा–४ की ५४ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको प्रेश विज्ञप्ति मार्फत जनाएको थियो । जोखिम हुन नदिन प्रशासनले लकडाउन पालनमा थप कडाइ समेत गरेको छ ।

बिहान ६ देखि ९ बजेसम्म बजार खुले पनि किनमेल गर्नेको कमी देखिएको छ । छिमेकी जिल्ला बारा र पर्सामा कोरोना देखिसकेको छ ।

हेटौँडा अस्पतालका पाँच जना चिकित्सकसहित २२ जनालाई क्वरेन्टिनमा राखिएको छ । अस्पताल समितिको बसेको बैठकले एक हप्ता अगाडि ती महिलाको उपचार गरेका कारण अस्पतालका चिकित्सकसहित कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र स्वाब सङ्कलन शुरु भएको अस्पतालका डा हरिबहादुर खड्काले जानकारी दिनुभयो ।

अस्पतालका १५० मध्ये ६६ जनाको स्वाब सङ्कलन गरी हेटौँडास्थित किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र पठाइएको छ । फोर्सटी कलेजका प्राध्यापक दामोदर गैरेले कोरोनाको जोखिम हुन नदिन समाजिक दूरी कायम गर्न, घरमै बस्न आग्रह गर्नुभयो ।

वाग्मती प्रदेश प्रहरी कार्यालयले जथाभावी हिँडडुल गर्ने व्यक्ति, निजी तथा सार्वजनिक सवारी साधनलाई कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.