जन सरोकार

आरडीटी र पिसिआर परीक्षण पोजेटिभ भन्दै घर पठाइयो तर आयो यस्तो रिपोर्ट

कोरोना संक्रमण भए नभएको प्रारम्भिक परीक्षण आरडीटी र त्यसमा शंका लागे गरिने पिसिआर परीक्षणको नतिजा नकारात्मक आएपछि जो कोही आफ्नो घर जान पाउँछ । तर आइतबार यस्तै परीक्षणबाट घर फर्केका झापा बिर्तामोडका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भयो ।

समाचार अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भएका झापा बाह्रदशी गाउँपालिकाका ४५ बर्षीय पुरुष चार दिनअघि भारतको दिल्लीबाट फर्किएर घर फर्किएका थिए । उनी जेठ ७ गते सीमा क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

दिल्ली प्रहरीले उनी सहितको एउटा समूहलाई बसको व्यवस्था गरेर ठाकुरगन्ज हुँदै नेपालको सीमावर्ती धनतला गाउँसम्म पठाएको थियो । बिहारको धनतला ग्राम पञ्चायतमा बसबाट ओर्लिएका उनी झापा गाउँपालिकाको पन्तापारा सीमा क्षेत्रबाट नेपाल प्रवेश गरे । उनलाई सीमा क्षेत्रबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिएर ७ गते साँझ राजगढस्थित एस्टर हस्पिटलको क्वारेन्टाइनमा ल्याइएको थियो ।

क्वारेन्टाइनमा ल्याएलगत्तै आरडीटी परीक्षण गरिएको थियो । दुईपटक गरिएको आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो । ७ गते नै बाह्रदशी ४ का एक युवक पनि भारतकै मुम्बईबाट क्वारेन्टाइनमा आइपुगेका थिए । उनीहरु दुवैजनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि भोलिपल्ट ८ गते पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको थियो ।

९ गते दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको खबर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई दिइयो । उक्त खबरका आधारमा उनीहरु दुवै जनालाई क्वारेन्टाइनबाट घर जान डिस्चार्ज गरियो । तर, १० गते बिहानै क्वारेन्टाइनमा दिल्लीबाट आएका व्यक्तिको पीसीआर रिपोर्ट शंकास्पद छ भन्ने खबर आयो, फेरि स्वाब नमुना संकलन गरेर विराटनगर पठाउनु भनियो ।

९ गते बेलुका घर फर्किएका उनलाई १० गते बिहान क्वारेन्टाइनमा बोलाइयो । उक्त दिन उनीसहित क्वारेन्टाइनमा बसेका ८ र ३ स्वास्थ्यकर्मीसहित ११ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि कोशी अस्पतालमा पठायोा पीसीआर परीक्षणमा दिल्लीबाट आएका व्यक्तिमा संक्रमण पुष्टि भयो ।

पहिलो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको खबरपछि उनी ढुक्कले घर फर्किएका थिए । उनी ५ महिनापछि घर फर्किएका हुन् । घरमा श्रीमती र दुई छोरी छन् । रोजगारीका सिलसिलमा ५ महिनाअघि दिल्ली गएका उनी लगातारको बसको यात्राबाट थकित थिए । दुई महिनाको लकडाउन र बल्लतल्ल भारतीय प्रहरीको सहयोगमा नेपालको सीमा क्षेत्रसम्म आईपुगेका उनी सीमा कटेलगत्तै नेपाली सुरक्षाकर्मीको नियन्त्रण, क्वारेन्टाइन, आरडीटी र पीसीआर परीक्षणलगायतका प्रक्रियाबाट थप थाकेका थिए ।

क्वारेन्टाइनबाट घर फर्किन पाउने भएपछि उनलाई लिन गाउँबाट उनका साला आएका थिए । घर पुगेका उनले शुक्रबार साँझको खाना परिवारसँगै खाएका थिए । उनका बुबाले भने ‘दिल्लीबाट आएकाले हामीले घरमा होसियारी गर्यौं‍ । परिवारका सदस्यसँग धेरै घुलमिल हुन दिएनौं’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.