स्थानीयतह निर्वाचन

पोखरामा गठबन्धनका आचार्य र एमालेकी गुरुङको विजय निश्चित

मुचुल्कामाभन्दा गणनामा कम मत देखिएपछि वडा नं. १८ र ३१ मा पुनः मतगणनाको माग

पोखरा महानगरपालिकाको वडा नं. १८ र ३१ मा मुचुल्कामा भन्दा कम मत भेटिएपछि नेकपा एमालेले पुनः मतगणनाको माग गर्दै प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ ।

नेकपा एमालेले पोखरा वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।

पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।

पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ ।

मतगणना रोकिए पनि पोखरा महानगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित भएको छ ।

१ लाख ३९ हजार मत गणना हुँदा दुवैको गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो । ३ हजार ८१५ मत गन्न बाँकी हुँदा नेकपा एकीकृत समाजवादीका आचार्य ५ हजार ४८५ मतान्तरले अगाडि हुनुहुन्छ ।

आचार्यले हालसम्म ५७ हजार ७२ मत पाउनुभएको छ भने उहाँका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार ५८७ मत पाउनुभएको छ ।

उपमेयरमा निवर्तमान उपमेयर गुरुङले बाजी मार्ने पक्का भएको छ । उहाँ महानगरमा लोकप्रिय मतसहित ३ हजार ९९० मतान्तरले अगाडि हुनुहुन्छ ।

गुरुङले ५९ हजार ७० मत पाउनुभएको छ भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ८० मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.