स्वास्थ्य
आठ हजार छ सय ३६ मा संक्रमण, १ सय ६९ को मृत्यु
पछिल्लो २४ घन्टामा आठ हजार ६ सय ३६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३ सय ६ पिसिआर र ६ सय ३० एन्टिजिन परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङख्या एक लाख १७ हजार २ सय ६१ पुगेको छ । आजमंगलबार छ हजार ४ सय ४ जना सङ्क्रमण मुक्त भएका छन् ।
निको हुनेको सङ्ख्या चार लाख ४ हजार ८ सय ८७ पुगेको छ । सङ्क्रमणबाट १ सय ६९ को ज्यान गएको छ । योसंगै मृतकको कुल संख्या छ हजार ७० पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्