राजनीति

रविको चेतावनी- घण्टी बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध मुद्दा हाल्ने उद्योग नै चलेको बताउँदै घण्टी बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ भन्दै कडा चेतावनी दिनुभएको छ ।

बुधबार युवराज पैडेलललृे लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि बिहिबार सामाजिक संचालबाट लामिछानेले सो प्रतिक्रियाा दिनुभएको हो ।

आफूबिरुद्धको अर्को मुद्दा दर्ता भएपछि लामिछानेले यसको प्रतिक्रिया दिँदै मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको र अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकाले जेठ ९ गते नै अदालतलाई बुझाएको पनि जानकारी दिनुभएको छ ।

रविले सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको तथ्य पुष्टि गरेको बताउनुभएको छ ।

आफूबिरुद्ध सर्वोच्चमा मुद्दा परेपछि रविको प्रतिक्रिया यस्तो छ-

‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१. सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।

२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।

४. घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.