जापान

जापानबाट विदेशमा बस्ने नेपालीका समस्याहरुको सर्वेक्षण हुँदै

विदेशमा बस्ने नेपालीहरुले भोग्नुपरेका समस्याहरुका बारेमा संचार माध्यममा जति आउँछन् त्योभन्दा कैयौं बढी समस्यामा उनीहरु परेको भुक्तभोगीहरुले बताइरहेका छन् । यस्तोमा विदेशमा बस्दा आइपरेका समस्याहरुका बारेमा सर्वेक्षण सुरु गरिएको छ ।

जापानमा रहेको गुड आई फ़र नेसन, नेपालले त्यहाँ लगायत अन्य देशमा बस्दा परेका समस्याहरुका बारेमा सर्वेक्षण गरिरहेको हो । सर्वेक्षणमा आजसम्म आफूलाई परेको समस्या (जस्तोसुकै भए पनि) तल दिइएको लिंकमामा उल्लेख गरिएका बुँदाहरु भरेर पठाउन अनुरोध गरिएको छ ।

आयोजकका अनुसार सर्वेक्षणका क्रममा उल्लेख गरिएका समस्या समाधानका लागि कस्तो सेवा सुरु गर्न सकिन्छ त्यसको योजना बनाएर भावी दिनमा नयाँ सेवा सुरु गरी सहयोग गरिनेछ ।

सर्वेक्षणका लागि लिंक

सम्बन्धित खबर

Back to top button