राजनीति

भारतमा कोरोना निको हुनेकोे दर ४१.६१ प्रतिशत- संक्रमितको संख्या १ लाख ४५ हजार

भारतमा विश्वका अन्य मुलुकको तुलनामा कोभिड–१९ बाट सङ्क्रमित विरामी निको भएर घर फर्किनेको दर निकै उच्च रहेको त्यहाँका स्वास्थ्य मन्त्रालयले बताएको छ । भारतमा निको हुनेको दर ४१.६१ प्रतिशत रहेको भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको हो ।

भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या पनि विश्वको कम क्षति हुने मुलुकहरूमा जस्तै रहेको मन्त्रालयको दावी रहेको छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले पत्रकार सम्मेलनमा भन्नुभयो, “अहिलेसम्म ६० हजार ४९० कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

कोरोनाभाइरस सङ्क्रमण निको हुनेको दर अहिलेसम्म ४१.६१ प्रतिशत रहेको छ । हाल सङ्क्रमितमध्येमा मृत्यु दर पनि विश्वमा कोरोना भाइरस प्रकोप रहेका अन्य ठूला मुलुकहरूको तुलनामा निकै कम अर्थात् २.८७ प्रतिशत रहेको छ ।”

अग्रवालले भन्नुभयो, “भारतमा विश्वमा सङ्क्रमितको औषत सङ्ख्या निकै कम रहेको छ ।विश्वभर प्रति एक लाखमा ६९.९ व्यक्तिमा सङ्क्रमण रहेकोमा भारतमा यो दर प्रति लाखमा १०.७ व्यक्ति रहेको छ ।” यो तुलना विश्वभर सङ्क्रमितको सङ्ख्यामा आधारित रहेर गरिएको गरिएको उहाँको भनाइ थियोे ।

भारतमा बन्दाबन्दी (लकडाउन), सामाजिक दूरी कायम गर्नेजस्ता अन्य मार्ग निर्देशनलाई अन्य मुलुकहरूको तुलनामा राम्रोसँग पालना गरिएको र सङ्कटलाई अन्य मुलुकमाभन्दा नियन्त्रणमा राख्न सम्भव देखिएको अग्रवालले बताउनुभयो ।

उहाँले विश्वका अन्य प्रभावित मुलुकहरूको तुलना गर्दै भन्नुभयो, “स्पेनमा सङ्क्रमित दर प्रति लाख ५०४ छ भने बेल्जियममा ४९९, अमेरिकामा ४८६ छ भने मेक्सिकोमा ५२.२ रहेको छ ।”

धेरै सङ्क्रमण रहेका मुलुकहरूको तुलनामा भारतमा सङ्क्रमितको मृत्यु निकै नै थोरै भएको सहसचिव अग्रवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यद्यपि महामारीमा ज्यान गुमाएका हरेक व्यक्तिको मृत्युको पीडावोध राज्यले गरेको छ । विश्वमा कोभिड–१९ बाट बढी सङ्क्रमित भएका मुलुकहरूमध्ये भारत कम प्रभावित मुलुक हो । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दर ६.४ प्रतिशत रहेकोले भारतमा मृत्यु हुनेको सङ्ख्या दरलाई निकै कम भनिएको हो ।”

संक्रमितको संख्या १ लाख ४५ हजार नाघ्यो

भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ४५ हजार ३८० पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार १६७ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६० हजार ४९० जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८० हजार ७२२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५२ हजार ६६७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १४ हजार ४६० संक्रमति रहेका छन् । दिल्लीमा १४ हजार ७३ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.