बिचार

नेपालको वास्तविक नक्सा यथाशीघ्र संविधानकृत गरियोस

– शिव पौडेल

गणतन्त्र दिवसको संघारमा नेपाल सरकारले छुटेको भूमि समेटेर नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । प्राविधिक कारणले त्रुटिबस नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छुटेकोमा नेपालले त्यसलाई सच्याउँदै नयाँ नक्सा सार्वजनिक गरेको हो ।

तत्कालीन समयमा ब्रिटिस ईण्डिया र पछि भारतीय शासकहरु समेतले नेपालसँग नक्सा कोर्ने प्रविधि नहुँदा सहमतीमा नक्सा बनाएका थिए । उक्त नक्सामा चुच्चे भागमा कालापानी, लिपुलेक र लिम्पियाधुरा हुनुपर्ने भए पनि बुच्चे नक्सा बनाएर उक्त भुभाग छुटाइयो । नक्सा निर्माणमै धोका दिएको भारतीय हर्कत तत्कालीन शासकहरुले भेउ पाउन सकेनन् वा सो समय नेपालले नै भोगचलन गरिरहेकाले पछि सच्याउने ठानेर गौण विषय माने ।

भारत र चीनको लडाईमा नेपालको उक्त भूभागसम्म आएका चिनिया सैनिकलाई टिंकर भञ्ज्याङ त कटाइयो तर जाली इण्डियाले कालापानी तत्काल छाडेन । पछि हडपेर बसेको भूभागलाई आफ्नै दाबी गर्ने छिमेकी दुष्ट राष्ट्र भारतले अहिले नक्सामै छापेको छ । जवाफमा आफ्नो भूमिलाई नक्सामा छापेर भारतीय विस्तारवादलाई जवाफ दिएको सरकार यथाशीघ्र संविधानमा समेट्नबाट चुकेको छ ।

नेपालले आफ्नो भूमि समेटेर नक्सा सार्वजनिक गरेको नक्सालाई संविधानमा सूचीकृत गर्न र त्यहाँ रहेको अनुसूची संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको भए पनि यसको प्रक्रिया स्थगित गरिएको छ । यसमा अनेक चलखेल भएको आशंकापूर्ण समाचार विवरणहरु सार्वजनिक भैरहेका छन् । आशा गरौं त्यो सत्य नहोस ।

सरकारले नेपालको पूर्ण नक्सा बनाएपछि त्यसमा समर्थन गर्दै एककजुट भएका सम्पूर्ण राजनीतिक दल तथानागरिक समाज पुनः एकमत हुनुपर्ने आवश्यकता तडकारो देखिएको छ । यसका लागि हामी सम्पूर्ण जापानबासी नेपालीको तर्फबाट नेपालको वास्तविक नक्सालाई यथाशीघ्र संविधानकृत गर्न अनुरोध गर्दछौं ।

गणतन्त्र दिवसको मुखमा भारतीय दवावमै चुकेको चर्चा बताइरहँदा सरकार अनि सबै दलका नेतालाई गणतन्त्र दिवशले आफ्नो भूमि फिर्ता सहित नक्सालाई संविधानकृत गर्न शक्ति र सदबुद्धि प्रदान गरोस् । वास्तविक नक्सा बनाएर नेपाल सरकारले नेपालीसंग पाएको विश्वास र भरोसालाई यथावत राख्न सकोस् । जय गणतन्त्र दिवश !

सम्पूर्ण राष्ट्रवादी नेपालीमा गणतन्त्र दिवशको हार्दिक शुभकामना !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.