अर्थ
अघिल्लो वर्षकोभन्दा कम आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्णपाठ)
कोरोना भाइरस संक्रमणका कारण विश्वव्यापी रुपमा उत्पन्न आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारले बजेटको आकार घटाएको छ । यस वर्षको बजेट अघिल्लो वर्षकोभन्दा झण्डै आधा खर्ब रुपैयाँले कम छ ।
बिहिबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नुभएको ।
बजेटमा चालु खर्च रु. ९ खर्ब ४८ अर्ब ९४ करोड, पूँजीगत (विकास) रु. ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।