राजनीति

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउँदै आक्रमणकारीलाई कारवाही गर्न माग गर्नुभएको छ ।

देउवाका आलोचक नेताको साझा बैठक

उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत कोभिड–१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्नुभएको हो ।

यसै गरी विवेकशील साझा पार्टीले पनि विज्ञप्तिमार्फत अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउनसरकारसँग आग्रह गर्नुभएको छ ।

सङ्क्रमितको मृत्युपछि स्वास्थ्यकर्मीमाथि आक्रमण

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.