कर्पोरेट/पर्यटन

भारतसहित अब चीन, कतार र टर्कीमा नियमित उडान हुने

कोरोना भाइरस संक्रमणका कारण बन्द रहेको नेपालको अन्तर्राष्ट्रिय उडानलाई केही सहज बनाउँदै सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरिएको हो ।

सरकारले छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा सेड्युल उडान गर्ने निर्णय गरेको छ । नेपालमा पर्वतारोहणमा आएका युरोप र अमेरिकी मुलुकका नागरिकलाई घर र्फकन अब इस्तानबुल सहज गन्तब्य बन्नेछ ।

अहिले भारतमा साताको दुई उडान भइरहेको छ भने जेड १७ गतेबाट चीन, कतार र टर्कीमा नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभएको छ ।

यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.