जन सरोकार

नेपालमा कोरोना संक्रमितको संख्या १२ सय

नेपालमा कोरोना संक्रमितको संख्या १२ सयको हाराहारीमा पुगेको छ । शुक्रबार विहान चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै यो सख्या पुगेको हो ।

कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । यो सहित चितवनमा १७ सय ५ वटा नमूना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ । १० जनामध्ये चार जना देवचुलीकै छन् । कुल संक्रमितमा नवलपुरका पाँच र चितवनका पाँच जना छन् । चितवनका दुई जना निको भएर फर्केका छन् । अहिले भरतपुर अस्पतालमा एक जना, कोरोना अस्पतालमा पाँच जना छन् ।

त्यस्तै बिहिबार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् ।

बिहीबार झापामा थप २५ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो ।

यस्तै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनी १५ देखि ४५ वर्षका छन् । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको गरिक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै दैलेखका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखाका १९ र २० वर्षका दुई पुरुष, सोलुखुम्बुका ५५ वर्षका पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २२ र २६ वर्षका पुरुष र ४९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्ष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा एकजना संक्रमित थपिएका छन् । कपिलवस्तुका २३ जनामध्ये विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना छन् ।

कपिलवस्तुमा भारतबाट फर्किँदै गरेका अर्घाखाँचीका एकजनाको मृत्यु भएको छ । उनमा पनि कोरोना पुष्टि भएको छ ।

पर्सामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको पोखरीया नगरपालिकास्थित रामदेव साह कलवार स्कुल क्वारेन्टिनमा बसेका ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

बिहीबार साँझ म्याग्दी सदरमुका बेनीमा मालिका गाउँपालिकाका ३० वर्षीय एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म ५ जनाको कोरोनाले मृत्यु भएको छ भने १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार भारतबाट आउँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । तर, सरकारले कोरोनाकै कारण मृत्यु भएको घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.